गोरखा । बसको ठक्करबाट गोरखाकी एक युवतीको मृत्यु भएको छ ।
काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकमा सवार भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो ।


बालाजु गंगालाल सडकखण्डमा ना ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले बा ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरी निरीक्षक गम्भीर जंग थापाले जानकारी दिए ।
दुर्घटनामा परि गम्भीर घाइते भएकी परियारलाई उपचारका लागी ट्रमा सेन्टर पुर्याइएको थियो ।
बसको ठक्करबाट मोटरसाइकलका चालक शहिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घाइते भएको छन् ।

उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
अहिले घटनाको मुचुल्का तयार पारी शवलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी लैजाने तयारी भैरहेको छ ।
दुर्घटना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मृतकको आफन्तले प्रहरी चौकी उजुरी दिएपछि घटनाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले बताए ।
