काठमाण्डौ । सुन तोलामा छ सय रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलाको ९१ हजार कायम भएको जनाएको छ ।
हिजो चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार तीन सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।