काठमाण्डौ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेलाई हराएको छ भने चिली उरुग्वे विचको खेल बराबरीमा रोकिएको छ ।
ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । उसका लागि खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे । खेलको धेरैजसो समय बल नियन्त्रणमा लिए पनि पाराग्वेले गोल गर्न सकेन ।
जितसँगै अर्जेन्टिना सात अङ्कसहित समूहको शीर्ष स्थानमा पुगेको छ । पाराग्वे भने तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।
त्यसैगरी अर्को खेलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन् । खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलको ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो ।
चिली पाँच अङ्कसहित शीर्ष स्थानमा छ ।