• बिहिबार, साउन १४ २०८३

गोरखामा ३ हजार ४ सय ८४ संक्रमित निको भए, २३ जनाको मृत्यु


मंगलबार, असार ८ २०७८
620
Shares

गोरखा । जिल्लामा हालसम्म ३ हजार ४ सय ८४ जना कोरोना संक्रमित निको भएका छन् ।

सोमबार थप १ सय ५५ जना संक्रमणमुक्त भए सँगै निको हुनेको संख्या ३ हजार ४ सय ८४ जना पुगेको हो ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लामा हाल ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएयता गोरखामा पिसिआर र एन्टिजेन विधिबाट गरी १४ हजार ६२ जनाको परिक्षण गरिएकोमा ३ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस मध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लामाा कोरोना संक्रमण दर २७.६३, निको हुने दर ८९.६६ र मृत्यु दर ०.५९ रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

मंगलवार बिहान सम्म ८५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये कोभिड अस्पतालमा उपचारत ११ जना र आइशोलेसनमा उपचाररत ८ जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार