• आइतबार, असोज ११ २०८३

प्रहरी निरीक्षक ढकाल बने जेठ महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’


मंगलबार, असार ८ २०७८
1.6K
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सोमदास ढकाललाई जेठ महिनाको उत्कृष्ठ प्रहरीको रुपमा पुरस्कृत गरेको छ ।

पालुङटार ठाँटीपोखरी प्रहरी चौकीमा कार्यरत ढकाललाई जेठ महिनाका लागी ‘वेस्ट पुलिस अफ द मन्थ’ बाट पुरस्कृत गरिएको हो ।

गत जेठ महिनामा अवैध काठ नियन्त्रण, नदीजन्य पदार्थको चोरी निकासीमा निग्रानी, निषेधाज्ञा कार्यन्वयमा सक्रिया भएकाले प्रहरी निरीक्षक ढकाललाई सम्मान गरिएको डिएसपी प्रकाश दाहालले बताए ।

उनलाई नगद एक हजार पाँच सय सहित प्रहरी प्रमुख एसपी शेखर खनालले सोमवार पुरस्कृत गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार