• आइतबार, असोज ११ २०८३

कृष्ण मन्दिरबाट चोरिएका मूर्तिसहित दुई जना पक्राउ


सोमबार, असार ७ २०७८
620
Shares


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका—४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका—७ दक्षिणढोका बस्ने ओखलढुंगाको लिखु गाउँपालिका—९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनायाण शाह छन्।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो।

प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई मूर्तिसहित गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार