• आइतबार, असोज ११ २०८३

लागूऔषधसहित प्रहरी जवान पक्राउ


सोमबार, असार ७ २०७८
765
Shares

Modern metal handcuffs. Vector illustration in flat style


काठमाडौं । लागूऔषध ब्राउन सुगरसहित एक जना प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत गणेश कार्की छन् ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले विशेष सूचनाको आधारमा लामो समय रेकी गरेर कार्कीलाई पक्राउ गरेको हो ।

ब्युरोका एसपी ऋषिराम कँडेलले बताएअनुसार प्रहरी वृत्त, गौशाला दरबन्दी भएका कार्की विमानस्थलमा घुमुवा प्रहरीका रुपमा कार्यरत थिए ।

उनको साथबाट प्लास्टिकसहित दुई ग्राम ब्राउन सुगर बरामद भएको छ । उनी प्रयोगकर्ता र सेवनकर्ता दुवै हुन् । कार्कीमाथि लागूऔषध सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार