• बिहिबार, साउन १४ २०८३

सोमबार २ हजार २ सय ९७ संक्रमित थपिदाँ, ३ हजार १ सय ३० निको भए


सोमबार, असार ७ २०७८
535
Shares

काठमाडौं । सोमबार थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ५ सय ८४ पोजेटिभ देखिएको थियो भने ४ हजार ३ सय २१ को एन्टिजेन परीक्षण गरिएकोमा ७ सय १३ मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल १० हजार ९ सय ४ जनाको पिसिआर गरिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३० जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै, ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार