काठमाडौं । कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख फुटबलप्रेमीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइदिने भएको छ ।
कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउने सबैलाई कोरोना खोप दिने विषयमा पनि कम्पनीहरुसँग छलफल भइरहेको बताएका छन् ।
कोरोना महामारीमा पनि कतारले विश्वकप आयोजनाको तयारीलाई भने रोकेको छैन । विश्वकपको आयोजनाबाट मुलुकलाई आर्थिक रुपमा ठूलो फाइदा हुने कतारले विश्वास लिएको छ ।
खोप नलगाएका व्यक्तिलाई भने रंगशालामा प्रवेश गर्न नदिने पनि कतारले बताएको छ ।