राइड सेयरिङ सेवा पठाओ आजबाट सञ्चालन हुने भएको छ ।
निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी गरेका छन ।
जोरबिजोर प्रणाली लागू गरेर सेवा सुरु गरिने छ । सेवा सुरु गरेसँगै पठाओले भने भाडा पनि बढाउने भएको छ । पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ मूल्य बढेको भन्दै भाडा पनि बढाउने तयारी गरिएको छ ।
पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्यक सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ । पञ्जा, मास्क, र सेनिटाइजर प्रयोग गर्ने गरी प्रोटोकल बनाइएको छ ।