काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड)१९ को संक्रमणमा निरन्तरको कमी देखिएको छ ।
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ५३ हजारमा झरेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक हजार ४२२ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि करीब ७ लाखमा झरेको बताइएको छ ।