काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला चार सयले बढेको छ ।
आइतबार सुन ९० हजार प्रतितोलामा कारोबार भएको सुन आज तोलाको ९० हजार चार सयमा कायम भएको छ।

चाँदीको मूल्य तोलको पाँच रुपैयाँले बढेर १२ सय ९५ प्रतितोलमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार चाँदी १२ सय ९० रुपैयाँ तोलामा कारोबार भएको थियो।