गोरखा । जडीबुटी खोज्ने क्रममा भीरबाट लडेर गोरखाका एक युवक बेपत्ता भएका छन् ।
गत जेठ २६ गते बारपाक सुलिकोट १ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालको फेदीमा बन लसुन खोज्न गएका चमनुब्री गाउँपालिका ३ सिर्दिबासका २४ वर्षीय सुरेन्द्र गुरुङ बेपत्ता भएका हुन् । जडीबुटी खोज्न गुरुङसहित अन्य पाँच जना गएका थिए ।


शनिबार दिउँसो जडीबुटी खोज्ने क्रममा उनी लडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।
त्यहाँ फसेका चुमनुब्री गाउँपालिका ३ का ३० वर्षीय सुबास गुरुङ, १८ वर्षीय कान्छा गुरुङ, ५० वर्षका धनप्रसाद गुरुङ र ४२ वर्षका तुलबहादुर गुरुङलाई हेलिकप्टरबाट उद्धार गरि लाप्राक स्थित आफन्तको घरमा पु¥याइएको डिएसपी दाहालले बताए ।
मौसम प्रतिकुल भएका कारण बेपत्ता गुरुङको उद्धार गर्न समस्या भएको र हेलिकप्टरबाट खोजी गर्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
