• आइतबार, असोज ११ २०८३

युरोकपमा आज ४ खेल हुने


सोमबार, असार ७ २०७८
575
Shares

epa08300469 (FILE) - The Henri Delaunay trophy on display during the draw of the UEFA EURO 2020 playoff matches at the UEFA headquarters in Nyon, Switzerland, 22 November 2019 (re-issued on 17 March 2020). The UEFA EURO 2020 has been postponed to 2021 amid the coronavirus COVID-19 pandemic, the Norwegian Football Association (NFF) announced on 17 March 2020. EPA-EFE/SALVATORE DI NOLFI

काठमाडौं । युरोकप फुटबलमा सोमबार आज एकै दिन समूह (बी) र (सी) का चार खेल हुँदै छन्।

आज समूह ‘सी’का दुई खेल राति ९ ४५ बजे हुनेछ भने मध्यराति १२ ४५ बजे समूह ‘बी’का दुई खेल हुनेछन्।

समूह ‘सी’को अन्तिम चरणको खेलमा समान ३ अंक भएका युक्रेन र अष्ट्रिया भिड्नेछन्। अघिल्लो चरणमा स्थान बनाउनका लागि दुवै टोलीलाई जित उत्तिकै आवश्यक छ । युक्रेनले भने अष्ट्रियाविरुद्ध जित निकाले वा बराबरीले पनि दोस्रो चरणमा पुग्नेछ। अष्ट्रियाले भने युक्रेनलाई हराउन सके अर्को चरण पुग्नेछ। बराबरी वा हार भोगेमा भने अर्को चरण पुग्न अन्य टोलीको नतिजा कुर्नुपर्ने हुन्छ।

समूह चरणकै अर्को खेलमा सोही समयमा नर्थ मेसेडोनियाले नेदरल्याण्डको सामना गर्नेछ। नेदरल्यान्ड एक खेलअगावै यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ।

आजै हुने समूह ‘बी’को अन्तिम चरणको खेलमा शीर्षस्थानको बेल्जियमले तेस्रो स्थानको फिनल्यान्डसँग खेल्नेछ।

नकआउट चरणमा पुगिसकेको बेल्जियमले आजको खेलमा बराबरी मात्रै गरे पनि समूह विजेता बन्नेछ। बेल्जियमलाई पराजित गरे फिनल्याण्ड अघिल्लो चरणमा पुग्नेछ।

यदि बेल्जियमसँग फिनल्याण्ड पराजित भएमा वा बराबरीको अवस्थामा समूह चरणकै अर्को खेलमा रसिया हार्नुपर्ने हुन्छ।

अर्को खेलमा रसियाले डेनमार्कलाई हराएमा अन्तिम १६ मा पुग्नेछ। रसियाले बराबरी गर्दा फिनल्याण्ड र बेल्जियमले बराबरी गर्नुपर्ने हुन्छ।

यता डेनमार्कले जित निकालेको खण्डमा भने फिनल्याण्ड पराजित हुनुपर्नेछ। साथै गोल अन्तर पनि महत्वपूर्ण हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार