• आइतबार, असोज ११ २०८३

ड्युटीमा रहेका सैनिक जवानले आफैंलाई गोली हाने पछि…


सोमबार, असार ७ २०७८
915
Shares


वीरगञ्जमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले ड्युटीमै आफैंमाथि गोली हानेका छन्।

आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले आफैंमाथि गोली प्रहार गरेका हुन्। उनको घर पोखरिया नगरपालिका वडा नम्बर—५ हो।

उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनले आफ्नो राइफलमा गोली हालेर ड्युटीमा बसेका थिए।

राइफलले आफ्नो चिउँडो मुनिबाट हानेकोले गोली त्यहाँबाट लागेर आँखामुनिबाट निस्किएको छ ।

गोलीको आवाज सुनेपछि घाइते भएका चौहानलाई नारायणी अस्पतालमा लगिएको थियो।

त्यहाँ प्रारम्भिक उपचार पछि नेसनल मेडिकल कलेज वीरगञ्जमा लगिएको छ।

गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले आत्महत्याको प्रयास गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार