
गोरखा । पालुङटार ९ घर भइ हाल काठमाण्डौ बस्दै आएका युवाले गाउलेलाई सहयोग गरेका छन् ।
राजधानी काठमाण्डौ व्यवासाय गर्दै आएका कबिन्द्र बुर्लाकोटी र इश्वरी पाण्डे (दिपक ) ले वडा नम्बर ९ का लागि करिब १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको स्थानीय समिप अधिकारीले जानकारी दिए।
उनीहरुले अक्सिजन कन्सिटेटर, मास्क, स्यानिटाइजर, थार्मोमिटर, पिपिइ, स्टेचर लगायतका सामाग्री उपलब्ध गराएका हुन् ।
उक्त सामाग्री वडाध्यक्ष भेषराज पाण्डेलाई हस्तान्तरण गरिएको छ । उक्त सामाग्री आवश्यकताको आधारमा वडा कार्यालयले स्थानीयलाई वितरण गर्ने बताइएको छ ।