• आइतबार, असोज ११ २०८३

स्वास्थ्य मन्त्रालयले थाल्यो कोरोनाको तेस्रो लहरको रोकथामको पूर्वतयारी


आइतबार, असार ६ २०७८
540
Shares


काठमाडौं । सरकारले कोभिड–१९ को तेस्रो लहर आउने सम्भाव्यतालाई मध्यनजर राखेर यसको रोकथामको पूर्वतयारी थालेको छ ।

पछिल्लो समय दोस्रो लहर केही घट्दो क्रममा भएपनि निकट भविष्यमा तेस्रो लहर आउन सक्ने सम्भाव्यतालाई मध्यनजर राखेर योजना बनाउने काम भइरहेको उपचारात्मक सेवा महाशाखाका वरिष्ठ कन्सल्टेन्ट डा. प्रकाश बुढाथोकीले बताए ।

स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा डा. बुढाथोकीले तेस्रो चरणको महामारीसँग जुध्नका लागि योजनासहितको पूर्वतयारी थालिएको बताए ।

डा.बुढाथोकीका अनुसार तेस्रो लहरको महामारीसँग जुध्नका लागि जनशक्तिको विवरण संकलन, निर्देशिका बनाउने, औषधि तथा उपकरणको सूची तयार गर्ने, खरिद प्रक्रियाको अनुरोध गर्ने, तालिमका लागि राष्ट्रिय तालिम केन्द्र तथा दातृनिकायसँग समन्वय गर्ने काम भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार