काठमाडौं ।आइतबार थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।
पछिल्लो २४ घण्टामा ६ हजार ६ सुय ७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ४ सय २१ पोजेटिभ देखिएको थियो भने ४ हजार २ सय ४९ को एन्टिजेन परीक्षण गरिएकोमा १ हजार २१ मा पोजेटिभ देखिएको थियो।
पछिल्लो २४ घण्टामा कूल २ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन्।
देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जना कोरोनाबाट निको भएका छन्।
त्यस्तै, ५१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।
देशभर ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित छन्।