• आइतबार, असोज ११ २०८३

सहायक वन अधिकृत घुससहित पक्राउ


आइतबार, असार ६ २०७८
595
Shares

धादिङबाट सहायक वन अधिकृत ४० हजार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलकण्ठ सब—डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेललाई घुससहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालका अनुसार उनले सेवाग्राहीसँग ४० हजार घुस रकम लिएका थिए।

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भन्दै कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने हो भन्दै पौडेलले ४० हजार रूपैयाँ घुस माग गरेका थिए।

सो उजुरीपछि अख्तियारको काठमाडौंस्थित टंगालबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार