• आइतबार, असोज ११ २०८३

मेलम्ची बाढी पिडितलाई दीपा र स्वस्तिमाको सहयोग


आइतबार, असार ६ २०७८
730
Shares

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरोबाट प्रभावितहरुका लागि नेपाली कलाकारहरुले राहत वितरण कार्यलाई तिव्र बनाएका छन् ।

निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्काले मेलम्ची पुगेर बाढी पिडितलाई राहत वितरण गरेर फर्किएका छन् । यस अघि नायिका स्वेता खड्का, पूजा शर्मा, आँचल शर्मा लगायतले मेलम्ची पुगेर राहत वितरण गरिसकेका छन् ।

उनीहरुले बाढी प्रभावितहरुका लागि डसना, ब्ल्याङ्केट, म्याट ५०–५० थान वितरण गरेका हुन् । यस्तै, उनीहरुले चामल, चाउचाउ, बिस्कुट, सेनेटरी प्याड पनि वितरण गरेका छन् ।

स्वस्तिमा र दीपासहित सुरविन बान्तवा मेलम्ची पुगेर बाढी प्रभावितहरुका लागि दैनिक आवश्यक सामान वितरण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार