k|lhc yfkfåf/f cj?4 ;8ssf] cg'udg
s0ff{nL, % c;f/ . lhNnf k|zf;g sfof{no h'Dnfsf k|d'v lhNnf clwsf/L e"k]Gb| yfkf clj/n jiff{sf sf/0f zlgaf/ s0ff{nL /fhdfu{cGtu{t h'Dnf ;8s v08sf] rf}v]9'+ufdf uPsf] klx/f]sf] cg'udg ub}{ . cj?4 ;8s v'nfpg To;tkm{ h]l;aL k7fOPsf] lhNnf k|zf;g sfof{no h'Dnfn] hgfPsf] 5 . t:jL/ M ;f}hGo M lhk|sf h'Dnf÷z'/axfb'/ l;+x, /f;;, s0ff{nL k|b]z
काठमाण्डौ । बाढी र पहिरोका कारण देशका १६ वटा सडक बन्द भएका छन् ।
मनसुन सुरु भएपछि पहिरो तथा बाढीका कारण बन्द भएका राजमार्गसहितका ५१ वटा सडकमध्ये २४ वटा एकतर्फी सञ्चालनमा आएका छन् । एघार वटा सडक भने मर्मतपछि नियमित सञ्चालनमा आइसकेका छन् ।
डुम्रे–बेसीसहर–चामे सडक खण्ड अन्तर्गत मनाङ र लमजुङका विभिन्न भागमा सडक भत्केको छ । मनाङको तिमाङ छहरामा गएको जेठ ३१ गते तथा धारापानी, बगरछापलगायतका ठाउँमा असार ३ गतेदेखि बन्द सडक आउँदो २० गतेसम्म खुलाउने गरी तयारी भइरहेको छ । अरनिको राजमार्ग अन्तर्गत काठमाण्डौ–कोदारी सडक सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले बन्द छ । त्यस्तै रसुवाको स्याब्रुबेसी–रसुवागढी तथा मैलुङ–स्याब्रुबेसी सडक बन्द छ ।
बाढी र पहिरोले सडक बन्द भइहाले तत्काल खुलाउने गरी तयारीका लागि १ सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको सडक विभागले बताएको छ ।