• आइतबार, असोज ११ २०८३

भिरबाट खसेको ढुंगा लागेर एकको मृत्यु


आइतबार, असार ६ २०७८
550
Shares


बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका—३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुंगा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

हिमाली गाउँपालिकाका—४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताए।

मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार