• आइतबार, असोज ११ २०८३

जर्मनीसँग पोर्चुगल ४—२ गोलले पराजित


आइतबार, असार ६ २०७८
590
Shares


काठमाडौं । युरो २०२० मा जर्मनीले पहिलो जित हात पारेको छ।

शनिबार राति सकिएको खेलमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४—२ गोलले पराजित गरेको हो।

यसअघि पहिलो खेलमा जर्मनीलाई फ्रान्सले हराएको थियो। पोर्चुगलले भने हंगेरीमाथि जित निकालेको थियो।

शनिबार क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। क्राउन्टर आक्रमणमा जोटाले दिएको पासमा रोनाल्डोले गोल गरे।

खेलको ३५ मिनेटमा जर्मनीले बराबरी गर्न सफल भयो। जर्मनीका गोसेन्सले डिबक्समा हाभर्ट्जलाई पास दिएका थिए। उक्त पास क्लियर गर्ने क्रममा पोर्चुगलका रुबेन डियासले आफ्नै पोस्टमा गोल गर्न पुगे।

चार मिनेटपछि पोर्चुगलले दोस्रो आत्मघाती गोल गर्दा जर्मनीले अग्रता लियो। यसपटक किमिचको प्रहारलाई रोक्ने क्रममा पोर्चुगलका गुइरेरोले आफ्नो पोस्टमा बल छिराउन पुगेका थिए।

पहिलो हाफमा २—१ ले अघि रहेको जर्मनीले ५१ मिनेटमा तेस्रो गोल गर्‍यो। यसपटक हाभर्ट्जले गोल गर्न सफल भए।

६० मिनेटमा जर्मनीका लागि रोबिन गोसेन्सले अर्को गोल गरेपछि जर्मनी ४—१ ले अघि बढ्यो।

६७ मिनेटमा पोर्चुगलका लागि जोटाले दोस्रो गोल गर्दा खेल ४—२ को अवस्थामा आएको थियो।

जितसँगै जर्मनीले समूह एफमा तीन अंक जोडेको छ। शीर्ष स्थानको फ्रान्सको चार अंक छ। फ्रान्सले आजै भएको खेलमा हंगेरीसँग ११ को बराबरी खेल्यो। पोर्चुगलको पनि तीन अंक छ भने हंगेरीले एक अंक बटुलेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार