• आइतबार, असोज ११ २०८३

मेलम्ची खानेपानी आयोजनामा कार्यरत् ३—३ जना भारतीय र चिनियाँ अझै बेपत्ता


शनिबार, असार ५ २०७८
690
Shares

l;Gw'kfNrf]s,@ c;f/ M l;Gw'kfNrf]s lhNnfsf] d]nDrL gu/kflnsf j8f g+ !! d]nDrL ahf/df . d+unaf/b]lv OGb|fjtL gbLdf cfPsf] af9Lsf sf/0f a'waf/ 8'afg k/]sf] d]nDrL ahf/ . t:jL/ M rGb|snf If]qL,/f;;


सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ।

हेलम्बु गाउँपालिकाको वडा नम्बर १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएको गाउँपालिकाले जनाएको छ।

बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेको गाउँपालिकाले बताएको छ।

ती मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय, तीन चिनियाँ नागरिक समेत छन्।

गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण पनि सार्वजनिक गरेको छ। बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ।

गाउँपालिकाले शनिबार नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम रहेको जनाउँदै उच्च सावधानी तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार