• आइतबार, असोज ११ २०८३

केही खुकुलो बनाएर उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, सवारी चलाउने—नचलाउने अलमल


शनिबार, असार ५ २०७८
565
Shares

काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन चल्न दिने कि नदिने भन्ने टुंगो भइसकेको छैन ।

निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि तीन प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, ‘भोलि वा पर्सि तीन प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको मोडालिटीबारे टुंगो लगाउँछौं ।’

कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार