• आइतबार, असोज ११ २०८३

गुड नेवर्स र पद्धतिले आरुघाट गाउँपालिकालाई दियो स्वास्थ्य सामग्री सहयोग


शनिबार, असार ५ २०७८
770
Shares


गोरखा । जिल्लाको आरुघाट गाउँपालिकालाई गुड नेवर्स इन्टरनेशनल र पद्धति बिकास सेवा केन्द्रद्रारा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।

गाउँपालिकालाई सामुदायिक बिकास परियोजना कोभिड १९ प्रतिकार्य कार्यक्रम मार्फत तीन लाख ४८ हजार रुपैयाँ बरावरको सामग्री सहयोग गरिएको गुड नेवर्सका जिल्ला संयोजक मनकुमार राईले बताए ।

सेवा केन्द्रका कार्यकारी निर्देशक कमला लामिछानेको समन्वयमा संयोजक राईले उक्त सामग्री एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाललाई हस्तान्तरण गरेका हुन् ।

सहयोगमा अक्सिजन मास्क, पिपिई सेट, भिटिएम् लगायत स्वास्थ्य संस्थाका लागि आवश्यक सामग्री प्रदान उपलब्ध गरिएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार