• आइतबार, असोज ११ २०८३

गोरखा प्रशासनको अपिल : मर्स्याङ्दीमा जुनसुकै बेला बाढी आउन सक्छ, सर्तक रहौँ


शनिबार, असार ५ २०७८
1.2K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari.gif

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मस्र्याङ्दीमा जुनसुकै बेला बाढी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

शनिबार प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मनाङको ङिस्याङ गाऊँपालिकाको हुम्दे भन्ने स्थानमा मस्र्याङ्दी नदि थुनिएको र हाल खोलिँदै गएकाले बाढी आउन सक्ने खतरा भएको जनाएको हो ।

मस्र्याङ्दी नदिको माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण ढुङगा, माटो र रुखहरुले नदी थुनिने, ताल बन्ने र खोलिने क्र्म आगमी केही दिन सम्म जारी रहने सम्भावना रहेको सूचना प्रप्त भएको प्रशासकीय अधिकृत हर्क बहादुर रोकाद्धारा हस्ताक्षेरित पत्रमा उल्लेख गरिएको छ ।

त्यसैले प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सचेत रहन सूचित गरेको छ ।

May be an image of text

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार