गोरखा । लगातारको अबिराल वर्षापछि बूढीगण्डकी नदीमा आएको बाढीले लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ ।


शुक्रबार राती आएको बाढीले चुमनुब्री गाउँपालिका ३ जगतको लघुजलविद्युत आयोजनामा क्षति पुगेपछि तीन बस्ती विद्युत बिहिन भएको हो । भालुबन खोलाबाट निकालिएको बिजुली सल्लेरीका २६, जगतका ३२ र भालुबनका १५ गरी ७३ घरधुरीले प्रयोग गर्दै आएका थिए ।
कादुरी नामक एक संस्थाले निर्माण गरेको ३८ किलोवाट क्षमताको उक्त लघुजलविद्युत आयोजनामा शुक्रवार बाढिले क्षति पुगेको र टर्वाइनले काम गर्न छाडेको स्थानीय बिरबल घलेले जानकारी दिए।

विद्युत उत्पादन ठप्प भएपछि बाढीले बिस्थापित सल्लेरीका स्थानीय त्रिपालमुनि अन्धकारमा बस्न बाध्य भएको उनले बताए ।
यारुवगर र तातोपानीमा बाटो बन्दा भएकाले मर्मत गर्न अझै केही दिन लाग्ने र विद्युतको विकल्पनमा सोलार, मैनबत्ती केहीपनि नभएकाले मर्मत नहुँदा सम्म स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।
