काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो।
यसै गरी ३ हजार ६सय ६० जना संक्रमणमुक्त भई घर फर्किएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३सय ४२ पुगेको छ।


अहिले देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ रहेका छन् ।७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६सय ८८ र ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षणबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अुनसार गत २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।
पछिल्लो २४ घन्टामा ३४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।