• सोमबार, असोज १२ २०८३

बाढीले चामेमा थुनियो मर्स्याङ्दी नदी


शनिबार, असार ५ २०७८
785
Shares


सोमबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो ।

थुनिएको भागबाट मर्स्याङ्दी बगेपनि पानी निरन्तर परिरहेकाले बहाब बढेको हो । यसबाट चामेको पारीपट्टीको भाग डुबानमा परेको छ । सिंगो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलिब्रिज समेत कटान गरेको छ ।

चामेका पल्साङ गुरुङले मर्स्याङ्दी बढ्दै आएको र घट्टेखोलाबाट बगेको बाढीले ढुंगामुढा बगाएर थुपारिदिएपछि चामेमा मर्स्याङ्दी नदीले तालको रुप लिएको छ । यसबाट माथिल्लो मनाङ जाने पुल कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामे बजार उच्च जोखिममा परेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नदीको बहाब बढ्दै गएको र यसले चामेबजार थप जोखिममा पारेको बताए । उनका अनुसार चामेको बीच बजारबाट बगेर आएको बाढीसहितको ढुंगामुढा मर्स्याङ्दीमा पसेर मर्स्याङ्दीलाई ताल बनाइदिएको उनले बताए ।

उनले नेपाली सेनामार्फत बम विष्फोट गराई मर्स्याङ्दी खुलाउने भनिएकोमा पानी निरन्तर परिरहेकोले समस्या भएको बताए । सुरक्षाका सबै निकायसँग समन्वय गरी खुलाउने प्रयास भइरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार