• सोमबार, असोज १२ २०८३

पहिरोले डोजर पुरिँदा दुई जना बेपत्ता


शनिबार, असार ५ २०७८
600
Shares


पहिरोले डोजर पुरिँदा धादिङको सेर्तुङमा दुई जना बेपत्ता भएका छन्।

धादिङ बेसीको तिप्लिङस्थित आदा खोलामा पहिरोले डोजर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का जोजो तामाङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले शनिबार बिहानै देखि बेपत्ता दुवैको खोजी भइरहेको बताए।

सडक निर्माणमा प्रयोग भएको डोजरसहित उनीहरुलाई पहिरोले पुरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार