• सोमबार, असोज १२ २०८३

बाढीले वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन बगायो


शनिबार, असार ५ २०७८
600
Shares

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बगाएको छ।

असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। भवनहरूमा रहेका केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको थियो।

शेर्पाका अनुसार, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको छ। बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ। यद्यपी थप मानवीय क्षति भने गरेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार