• आइतबार, असोज ११ २०८३

आजकाे माैसम : कता, कस्तो छ, वर्षाको सम्भावना ?


शनिबार, असार ५ २०७८
725
Shares

आज (शनिबार) पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा भने मेघगर्जन/चट्टयाङसहित भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार