चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारी सवार गाडी गाईघाटमा दुर्घटना भएको छ । दुर्घटनामा परी एसपी अधिकारीसहित ६ जना प्रहरी घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिदाँ एसपीसहित ६ जना प्रहरी टोली घाइते भएका हुन् ।
गाईघाटमा माल बाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाइते भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिए ।
घाइते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । हाल उनि उपचारपछि डिस्चार्ज भइसकेकाे र अवस्था सामान्य रहेकाे उनले बताए ।
बाँकी ५ जना प्रहरीहरुको समेत कतै टाउको त कतै हातमा चोट लागेको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार डिस्चार्ज भएकाे बताइएकाे छ ।