गोरखा । कोरोना संक्रमणका कारण गोरखाका थप एक पुरुषको मृत्यु भएको छ ।
जिल्लको शहिद लखन गाँउपालिका वडा नं. १ का ४१ वर्षीय संक्रमित पुरुषको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

उनमा जेठ २६ गते संक्रमण पुष्टि भएको थियो ।
गडण्की प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार उनको असार २ गते मृत्यु भएको उल्लेख गरिएको छ ।