• आइतबार, असोज ११ २०८३

सर्पले डसेर १२ वर्षीया बालिकाको मृत्यु


शुक्रबार, असार ४ २०७८
1.5K
Shares


दाङको देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ।

गढवा गाउँपालिका७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोराको मृत्यु भएको हो।

आज बिहान करिब साढे सात बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई लमहीस्थित अस्पतालमा ल्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेको मृतक बालिकाकी आमा सरिता बोहोराले जानकारी दिइन्।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार