• बिहिबार, साउन १४ २०८३

शुक्रबार थपिए २ हजार ७ सय ६८ संक्रमित


शुक्रबार, असार ४ २०७८
630
Shares

काठमाडौं । शुक्रबार देशभर २ हजार ७ सय ६८ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ३७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

यो अवधिमा ४ हजार २० जना निको भएका छन्। कुल संक्रमितमा निको हुनेको दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस अवधिमा थप ४४ जनाको मृत्यु भएको छ।

कुल ८ हजार ६ सय ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेको दर १. ६ प्रतिशत छ। हालसम्म देशभर ३२ लाख ५५ हजार ५ सय ७९ जनाको पिसिआर तथा १ लाख ३३ हजार ६ सय २७ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ।

हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९ सय ४७ जना र एन्टिजेन परीक्षणमध्ये २४ हजार ८ सय ६१ जनामा पोजेटिभ देखिएको तथ्यांक छ। तिमध्ये ५ लाख ४९ हजार ६ सय ८२ जना निको भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार