• आइतबार, असोज ११ २०८३

फेरी थपियाे गोरखामा एकहप्ता निषेधाज्ञा, आइतबारदेखि स्टेशनरी खुल्ने


शुक्रबार, असार ४ २०७८
520
Shares

गोरखा । गोरखामा गत बैशाख २१ गतेदेखि लागु भएकाे निषेधाज्ञाको अवधि पुन एक हप्ता थप गरिएको छ ।

जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रवारको बैठकले यही असार १२ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो । यसअघिको बैठकले लम्ब्याएकाे निषेधाज्ञाकाे अवधी भाेली असार ५ गते सकिदैछ ।

यसअघि पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्ने पसलहरु संचालन बन्देज लगाइएकाे थियाे । तर अब भने त्यस्ता पसलहरु खाेल्न पाइने भएकाे छ ।

नयाँ शैक्षिक सत्र गत असार १ गतेदेखि नै सुरु भएपनि स्टेशनरीहरु बन्द हुदा विधार्थीहरुले नयाँ किताब कापी किन्न पाएका थिएनन । थप भएकाे अवधी अर्थात आगामी आइतबारदेखि बिहान ५ बजे देखि दिउँसो १ बजेसम्म स्टेशनरीहरु खुल्न पाउने निर्णय बैठकले गरेको हो ।

त्यस्तै खाद्यान्न, तरकारी तथा फलफूलका पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म संचालन गर्न पाइनेछ । यसअघि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न पाउने व्यवस्था थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार