गोरखा । गोरखामा अपाङ्गता भएका व्यक्तिहरुका लागि खोप, राहत तथा उद्धारमा प्राथमिकता दिन माग गरिएको छ ।
जिल्लामा अपांगता भएका नागरिकको उत्थानमा काम गरिरहेका बिभिन्न संस्थाहरुले बिहिबार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापनपत्र बुझाउदै यस्तो माग राखेका हुन ।
जिल्लामा कार्यरत गोरखा नेत्रहिन संघ, अपाङ्ग महिला संघ, एकिकरण नेपाल गोरखा लगायतले ज्ञापन पत्र बुझाउदै अपाङ्गता भएका नागरिकलाई कोरोना बिरुद्धको खोप, राहत तथा बाढीपहिरो लगायतका विपदबाट पिडित बनेकालाई उद्दारमा समेत प्राथमिकता दिन माग गरेका हुन ।
विश्वभर फैलिएको कोरोना भाइरसले प्रत्यक्ष मार अपाङ्गता भएको व्यक्तिहरुमा पर्ने भएकाले यस विरुद्धको खोप, राहत तथा उद्धारमा विशेष पहल र दवाव दिन ज्ञापन पत्र बुझाईएको गोरखा नेत्रहिन संघको सचिव पशुराम भट्टले जानकारी दिए ।