• बिहिबार, साउन १४ २०८३

बिहीबार थपिए कोरोनाका २ हजार ६०७ संक्रमित, ३९ जनाको मृत्यु


बिहिबार, असार ३ २०७८
615
Shares

काठमाडौं । बिहीबार थप २ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ७ सय ६८ पोजेटिभ देखिएको थियो भने ४ हजार ७ सय ७३ को एन्टिजेन परीक्षण गरिएकोमा ८ सय ३९ मा पोजेटिभ देखिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा २ हजार १ सय ४१ जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै ३९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५ सय ९७ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार