• आइतबार, असोज ११ २०८३

बाढी—पहिरोमा फसेका ३५ जनाको हेलिकप्टरमार्फत उद्धार


बिहिबार, असार ३ २०७८
1.1K
Shares


पोखरा । हिमालपारी मनाङमा बाढी र पहिरोमा फसेका ३५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सेनाको हेलिकप्टरमार्फत् मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।

मौसममा आएको खराबीका कारण विगत ३ दिनदेखि मनाङ बाढी र पहिरोमा फसेका नागरिकलाई उद्धार गर्न हेलिकप्टर जान सकेको थिएन।

मौसममा सुधार आउनासाथ बिहीबार बिहानै सेनाको हेलिकप्टरले अलपत्र नागरिकको उद्धार गरिएको हो।

सिरानतालका नागरिकलाई हेलिकप्टरमार्फत् तालडाँडामा लगेर राखिएको छ भने थोंचे गुम्बाका नागरिकलाई सदरमुकाम चामे लगिएको छ।

बाढी र पहिरोले फसेका नागरिकको उद्धारमा मनाङबाट निर्वाचित सांसद पोल्देन गुरूङसमेत हेलिकप्टरमा गएका थिए।

सिडिओ लामिछानेका अनुसार सेनाको हेलिकप्टरले बाढी र पहिरोबाट पीडित भएका नागरिकलाई तत्काल राख्न त्रिपाल, टेन्ट लगायतका सामग्री समेत लगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार