गोरखा । ३ दिनदेखि परेको बर्षातका कारण दरौंदी नदीमा बाढी आएको छ । बाढीकै कारण दरौदी नदी आसपास क्षेत्रका सयाै राेपनी खेतहरु डुबानमा समेत परेको अबस्था छ ।
तर अहिले दरौंदी नदी करिडाेरको अधिकांश क्षेत्रमा सर्वसाधारणको भिडभाड देखिएको छ । विशेष गरेर बाढीपछि माथिल्लाे क्षेत्रबाट बगाएर ल्याएको काठ, दाउरा र माछा टिप्न नदी क्षेत्रमा स्थानीयबासीको भिडभाड लागेको हो ।
बारपाक सुलिकाेट, अजिरकाेट, सिरानचाेक, भिमसेन थापा, शहिद लखन गाउँपालिका त्यस्तै गाेरखा र पालुङ्गटार नगरपालिका क्षेत्र भएर बग्ने दराैदीका अधिकांश किनार क्षेत्रमा हाल माछासहित काठ, दाउरा टिप्न जानेकाे भीड छ ।
केहिदिनदेखि नदी आसपास क्षेत्रमा बसाेबास गर्ने स्थानीयकाे साे कार्य दैनिकी जस्तै बनेकाे छ । नदीमा आएकाे बाढीसंगै जाेखिम माेलेर स्थानीयहरु माछा र दाउराकाे लाेभमा दिनभर नदीमा खटिने गरेका छन् ।
हेर्नुस तस्विरहरु








