• आइतबार, असोज ११ २०८३

मेलम्ची खानेपानी आयोजनामा कार्यरत बेपत्ता कर्मचारी मध्ये २ चिनियाँ नागरिकको शव भेटियो


बिहिबार, असार ३ २०७८
590
Shares


काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने दुवै जना चिनियाँ नागरिक भएको खुलेको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झु छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गोंगको शव इन्द्रवती नदी र यु ची झुको सिन्धुलीमा भेटिएको बताए । उनका अनुसार दुवै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।

घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार