• आइतबार, असोज ११ २०८३

प्यूठान र अर्घाखाँची जोड्ने निर्माणाधीन पक्की पुल भत्कियो


बिहिबार, असार ३ २०७८
855
Shares


प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठान र अर्घाखाँची जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ ।

प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको हो ।

सो मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ ।

संघीय सरकारले विनियोजन गरेको ७ करोड १२ लाख रुपैयाँ बजेटमा ७० मिटर लामो पुल निर्माण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार