• आइतबार, असोज ११ २०८३

तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


बिहिबार, असार ३ २०७८
565
Shares


काठमाडौं । भक्तपुरमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका—४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो।

बा७७प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु चौलाखर्क—३ घर भई काठमाडौं काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार उदयपुर ताप्ले गाउँपालिका—५ घर भई काँडाघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका—५ घर भई हाल काँडाघारी बस्ने २५ वर्षीय अमित जैरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सडकको बीचमा रहेको आइल्याण्डमा मोटरसाइकल ठोक्किएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार