• आइतबार, असोज ११ २०८३

नेपाली कामदार धेरै भएका देशमा पुन: हवाइ उडान सुरू गर्ने, १० दिनको क्वारेन्टाइन खर्च सरकारले दिने


बिहिबार, असार ३ २०७८
785
Shares

काठमाडौं । कोरोना व्यवस्थापन निर्देशक समितिले नेपाली कामदार धेरै भएका देशहरूमा फेरि हवाइ उडान सुरू गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली कामदार धेरै संख्यामा रहेका देशहरूमा पुन: हवाइ उडान सुरू गर्ने निर्णय गरेको हो।

बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने निर्णय गरेको हो।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढने गरी हवाइ उडान सञ्चालन हुनेछन्।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ।

कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार