• बिहिबार, साउन १४ २०८३

असार दाेस्राे सातादेखि ‘स्मार्ट लकडाउन’


बिहिबार, असार ३ २०७८
480
Shares

सरकारले असार दोस्रो साताबाट निषेधाज्ञाको मोडालिटीमा केही परिमार्जन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कोभिड–१९ निर्देशक समितिको बुधबार साँझ बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सहज बनाउने गरी अहिलेको निषेधाज्ञाको मोडालिटीमा केही परिवर्तन गर्ने निर्णय समितिले गरेको छ। अब ‘स्मार्ट लकडाउन’ गर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ। कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय समितिको बैठकले गरेको हो।

हाल काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा यही असार ७ गते सकिँदैछ। उपत्यकामा निषेधाज्ञा कायमै राखेर केही क्षेत्र खुला गर्ने निर्णय समितिले गरेको हो। स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार