• आइतबार, असोज ११ २०८३

आफ्नै छोरीको बलात्कारपछि झुण्ड्याएर हत्या, बुवा पक्राउ


बुधबार, असार २ २०७८
1.1K
Shares


आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा कैलालीबाट एक व्यक्ति पक्राउ परेका छन्।

जेठ २७ गते भएको उक्त घटनामा प्रहरीले बालिकाका ६० वर्षीय बुवालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले छोरीलाई २७ गते दिउँसो भैंसी गोठमा लगेर जबरजस्ती करणी गरेका थिए। पोल खुल्ने डरले उनलाई भैंसी गोठमै छोरीलाई झुण्ड्याएर हत्या गरेका थिए।

कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टका अनुसार बालिकाको हत्यापछि घरपरिवारले दाहसंस्कार गर्ने तयारी गरेका थिए।

सो सूचनापछि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

लाशजाँच मुलुल्का र शवको पोष्टमार्टम गर्दा घटना शंकास्पद देखिएपछि बाबुलाई पक्राउ गरिएको विष्टले बताए।

बालिकाको शारीरिक परीक्षण गर्न सेती प्रादेशिक अस्पताल लगिएको थियो।

बलात्कारपछि हत्या गरेको प्रमाण जुट्न थालेपछि बाबुलाई प्रहरीले जेठ ३० गते पक्राउ गरेको थियो।

‘घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी शीर्षकमा मुद्दा दायर गरी अनुसन्धान थालिएको विष्टले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार