• आइतबार, असोज ११ २०८३

खाजा पुर्‍याउन गएका बालकलाई बाढीले बगायो


बुधबार, असार २ २०७८
680
Shares


सप्तरीमा भुतही बलान खोलामा आएको बाढीले बगाउँदा बुधबार एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बस्ने किसुनदेव भण्डारीका १३ वर्षीय छोरा सन्तोष भण्डारी छन् ।

खेतमा काम गरिरहेका आफ्ना बुवा किसुनदेवलाई खाजा पुर्‍याउन जान लाग्दा बालकलाई उक्त खोलामा आएको बाढीले बगाएको थियो ।

बाढीले बगाएपछि ती बालकको शव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको मझौरास्थित बलान खोला छेउमा फेला परेको सप्तरी प्रहरीका प्रबक्ता भाधव प्रसाद काफ्लेले जानकारी दिए ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार