गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले किसानलाई बोका र पाठी बितरण गरेको छ । २७ जना किसानलाई निशुल्क पाठी बितरण गरिएको र २३ जनालाई उन्नत जातको ब्याड बोका २५ प्रतिशत किसानको लागत साँझेदारीमा बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीले बताए ।
बुधबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बिष्णु भट्टले किसानलाई पाठी र बोका बितरण गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ३ र ४ स्वाँरा, सौरपानी क्षेत्र बाख्रा पालनको लागि उपयुक्त भएकाले उक्त ठाउँलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
ब्यवशायीक रुपमा बाख्रा पालन गर्दै आएका र कृषक समुहमा आवद्ध भएकालाई उन्नत जातको बोयर बोका र पाठी बितरण गरिएको पशुशाखा प्रमुख अमृत पोखरेलले बताए ।
पाठीलाई अधिकतम ३५ हजार सम्म र बोकालाई ५५ हजार रुपैयाँ परेको उनले बताए ।
सोही कार्यक्रम अन्र्तगत करिब २० जना किसानको खोर सुधार गरिएको छ । कार्यक्रमबाट ७० जना किसान लाभान्बित भएको शाखा प्रमुख पोखरेलले बताए ।